नियम
संवैधानिक इजलासबाट हेरिने विषय
  (१) देहायका विषयहरु इजलासबाट हेरिने छन्ः
(क) संविधानको धारा १३३ को उपधारा (१) अन्तर्गतको निवेदन,
(ख) संविधानको धारा १३७ को उपधारा (२) अन्तर्गतको मुद्दा,
(ग) संविधानको धारा १३७ को उपधारा (३) बमोजिम प्रधान न्यायाधीशले तोकेको मुद्दा ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुँदाका बखत सर्वोच्च अदालत विशेष इजलासमा विचाराधीन रहेको मुद्दा यो नियमावली प्रारम्भ भएपछि संवैधानिक इजलासबाट हेरिनेछ ।
(३) उपनियम (१) अन्तर्गत पर्ने विषयसँग सम्बन्धित अन्य निवेदनपत्र समेत इजलास समक्ष पेश गरिनेछ ।